बुधबार, श्रावण ६,२०८३ 10:39:53
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:39:53
Bizshala
Global IME Bank Limited

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर
New Office

बुटवलमा हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलले यस वर्षको भ्यालेन्टाइन्स डे मनाउन सम्पूर्ण जोडीहरूलाई आमन्त्रित गरेको छ।। होटलले प्रेमी–प्रेमिकाहरूबीचको आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले ‘एन इभिनिङ ड्याट लिङ्गर्स’ नामक विशेष प्याकेज ल्याएको छ। एक जोडीका लागि रु. १४ हजार ९९९ तोकिएको यो प्याकेजले भ्यालेन्टाइन्स डेलाई विलासी र रोमान्टिक बनाउनुका साथै प्रेम गर्ने जोडीबीच मायाको सम्बन्ध अझ आत्मिय बनाउँने अपेक्षा गरिएको छ ।  

के छ त यस रोमान्टिक प्याकेजको विशेषता ?

अविस्मरणीय बसाई र खानपान

यस प्याकेज अन्तर्गत, जोडीहरूले वान–नाइट स्टे सँगै ब्रेकफास्ट इन बेड, भव्य रोमान्टिक बुफे डिनर, र दुई गिलास स्पार्कलिंग वाइन तथा सट्सको मज्जा लिन  सक्नेछन्। साथै, आफ्नो बसाईलाई अझ आरामदायी बनाउन जोडीहरूले ‘अनवाइन्ड टुगेदर’ अफर मार्फत ६० वा ९० मिनेटको स्पा सेसन बुकिङ गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्।

शान्त र मनोरम वातावरण

होटलमा १०९ वटा फराकिला रुमुहरू उपलब्ध छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य देख्न सकिन्छ।

विशेष डिनर डेट र सेफको भनाई

डिनर डेटका लागि होटलको जिङ बारमा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसिएका ुककटेलुहरूको विशेष सेलेक्सन उपलब्ध छ। हायात प्लेस बुटवलका हेड सेफ उमेश तामाङ भन्छन्, ‘ यस भ्यालेन्टाइन्स डेमा हामीले जोडीहरूका लागि एउटा असाधारण मेनु तयार गरेका छौं। जिङ रेस्टुरेन्टको सांस्कृतिक र आकर्षक डेकोरका बीच मौलिक स्वाद पस्किँदा जोडीहरूले एक(अर्कासँगको सामीप्यता अझ बढी महसुस गर्नेछन्।’

बुटवलको रोमान्टिक परिवेश

होटल बाहिर पनि बुटवलको प्राकृतिक र सांस्कृतिक रौनकताले जोडीहरूलाई लोभ्याउनेछ। मणिमुकुन्द सेन पार्कको शान्त टहलाई, जितगढी किल्लाबाट देखिने मनोरम दृश्य, सिद्धबाबा मन्दिरको आध्यात्मिक शान्ति, वा तिनाउ नदी किनारमा रमाउन सकिने अवसरले बुटवललाई रोमान्टिक बनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.