• बिहीबार, भाद्र २६,२०८२ 08:18:04
Global IME Bank Limited

सेनाको सुरक्षा अपडेट: ९४ नाल हतियार बरामद, राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा

Hyundai Nepal
सेनाको सुरक्षा अपडेट: ९४ नाल हतियार बरामद, राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा

काठमाण्डौ । नेपाली सेनाले पछिल्लो समयको सुरक्षा अपडेट सार्वजनिक गरेको छ।  

सेनाका अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ जना कैदीहरू आफैँ कारागारमा हाजिर भएका छन् ।  

रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, काभ्रेपलान्चोक जिल्लाको बनेपा ९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।  

सेनाका अनुसार हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.