• बिहीबार, भाद्र २६,२०८२ 09:30:09
Global IME Bank Limited

‘कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, चाहिनेभन्दा बढी नथुपारौँ’

Hyundai Nepal
‘कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, चाहिनेभन्दा बढी नथुपारौँ’

काठमाण्डौ । जेनजी आन्दोलन,कर्फ्यु र निषेधाज्ञाले आपूर्ति प्रणालीमा केही समस्या भए पनि खाद्यान्न मौज्दात पर्याप्त रहेको व्यवसायीहरूले बताएका छन् । खाद्य किराना व्यवसायी संघ र खुद्रा व्यापार संघका अनुसार चामल, दाल, तेल,आँटा, मौदा, गेडागुडी पर्याप्त छ ।

‘खाद्यान्नको अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नै छैन । खुद्रा र होलसेल गरी कम्तीमा पनि एक महिनालाई पुग्ने मौज्दात छ,’ खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘मिल पनि नेपालमै छ । अहिले विशेष परिस्थितिले ढुवानीमा समस्या भए पनि खुलेपछि चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ दसैं नजिकिएकाले खपत बढ्ने अुनमानमा व्यवसायीले मौज्दात राखेको उनले जनाए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले खुद्रा व्यापारीले क्षमताअनुसार मौज्दात राखेकाले अभाव नहुने जनाए । ‘सरकारले तोकेको समयअनुसार व्यापार गरिराखेका छौ । खुद्रामा क्षमताअनुसार १० देखि १५ दिनका लागि मौज्दात हुन्छ,बिक्रीमा समस्या छैन,’ महासचिव तुलाधारले भने, ‘अहिलेको अवस्थामा खाद्यन्नमा कुनै समस्या छैन । नया परिस्थितिमा चाहिनेभन्दा नथुपारौं ।’

व्यापारीबाहेक सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि २८ हजार टन मौज्दात छ । जसले गर्दा अभावको समस्या नआउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । ‘हामीले ३२ हजार टन मौज्दात राखेका थियौं, तर आन्दोलनको क्रममा लहान गोदामबाट ५ हजार टन लुटियो,’ आचार्यले भने, ‘थापाथली, हेटौंडा, भैरहवालगायत सबै गोदाम गरी २८ हजार टन मौज्दात छ । चाडबाडसम्म अभाव हुँदैन ।’

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.