काठमाण्डौ । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै देशभरका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। क्युएफएक्स आईएनआई, विग मुभिज, वान सिनेमाज् लगायतले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेका हुन्।
यी हलहरुले हालको देशको उत्पन्न अवस्थाका कारण अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द रहने बताएका छन् ।