• बिहीबार, भाद्र २६,२०८२ 11:40:45
Global IME Bank Limited

दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने

Hyundai Nepal
दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने

काठमाण्डौ । बुधबार रातिदेखि बिहीबार दिनभरसम्म नेपाली सेनासँग वार्तामा बसेका जेन जी अभियानका नेताहरु निश्कर्षविहीन अवस्थामा जंगीअड्डाबाट बाहिरिएका छन् ।  

बुधबार र बिहीबार भएका वार्ताका क्रममा प्रत्येक पटक सेनापति अशोकराज सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत आन्दोलनको स्टेकहोल्डर भन्दै अगाडि सारेपछि जेन जी अभियन्ताले वार्ता निश्कर्षविहीन बन्न पुगेको दाबी गरेका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नाम उल्लेख नगर्न आग्रह गर्दै बैठकबाट बाहिर निस्किएका जेन जी अभियानका एक नेताले बिहीबार पनि सेना, जेनजी प्रतिनिधि र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीचको वार्तामा दुर्गा प्रसाईंलाई प्रवेश गराइएपछि असहज अवस्था बनेको दाबी गरे । प्रसाईको प्रवेश भएपछि चलिरहेको वार्ता नै रोकिएको ती नेताको दाबी छ ।  

जेन जी अभियानका नेताहरु सेनापतिले पटक पटक दुर्गा प्रसाईंको नाम लिएपछि आशंकाहरु बढेका दाबी गर्छन् । अब हामीले वार्ता त्याग्यौं, हाम्रो मागहरु पूरा हुने सम्भावना देखिएन । उनले भने ः अब हामी सेनासँग होइन, सिधैं राष्ट्रपतिसँग मात्र वार्ता गर्छौ । यही अडानका साथ अहिलेलाई उठेका छौं ।

जेन जी अभियन्ताहरुले राष्ट्रपति रामचन्द्र पौडेलले सक्रिय भूमिका नखेलेका र सेनालाई अगाडि बढाएर आशंका गर्ने ठाउँहरु दिएका भन्दै असन्तुष्ट छन् ।  

आफूहरुले अब राष्ट्रपतिसँग वार्ता गर्ने अवसर नपाए पुनः आन्दोलन सुरु गर्ने उनीहरुको चेतावनी छ । आफ्ना मागहरु नसुनिए वा जेनजी अभियानलाई निस्तेज पार्नका लागि वार्ताको नाममा इन्गेज गराउने काम मात्र भएको आशंका गर्दै जेनजीकै केही अभियन्ताको नेतृत्वमा सत्याग्रह समेत थाल्ने दाबी गरेका छन् । 

नेपाली सेनास्थित स्रोतले भने जेनजीसँगको वार्ता सौहाद्रपूर्ण ढंगले अगाडि बढेको र राष्ट्रपतिको निर्देशनअनुसार नै काम भइरहेकोले सबै पक्षको सहयोग र धैर्यताको खाँचो रहेको बताउँछ । एक उच्च सैनिक अधिकृतले टेलिफोनमा कुरा गर्दै बिजशालासँग भने-'हामी नेपाली जनताको चाहनाभन्दा दायाँबायाँ छैनौं । संकटमा फसेको देशलाई कसरी पार लगाउने भन्ने विषयका लागि हामीले सहजीकरण गरिरहेका हौं । यो क्रममा सेनापति ज्यूले सबै सरोकारवालाहरुको धारणा लगभग बुझिसक्नुभएको छ । अब सोही अनुसार महामहिम राष्ट्रपतिसमक्ष रिपोर्टिङ हुन्छ र बाँकी प्रक्रिया पनि अगाडि बढ्छ।'  

अन्तरिम सरकार गठनको प्रक्रिया परिपक्व हुन केही दिन लाग्नसक्ने भन्दै सबैले सकारात्मक रुपमा सोचिदिएर शान्ति र अमनचयन कायम गर्नुपर्ने ती अधिकृतको भनाई छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.