काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएका १८ जनाको पहिचान अझै हुन सकेको छैन ।
मृत्यु हुनेमा ३ जना प्रहरी र एकजना भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।
यस्तै आन्दोलनमा घाइते भएको २९९ जनाको उपचार विभिन्न ३३ वटा अस्पतालमा भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन्।
बानेश्वरको सिभिल अस्पतालमा २३ जना, ट्रमा सेन्टरमा ३२ जना, काठमाण्डौ मेडिकल कलेजमा ३५ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार भईरहेको छ ।
१ हजार ४६५ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।