काठमाण्डौ । अन्तरिम सरकार गठनबारे छलफलका लागि बोलाइएका भनिएका जेनजी समूहका नेता सुदान गुरुङले शीतल निवासमा नौ घण्टादेखि प्रतिक्षा गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा बताएका छन् कि राष्ट्रपति रामचन्द्र पौडेलले नौ घण्टादेखि आफूलाई कुराइरहेका छन्। उनले फेसबुक पेजमार्फत यो जानकारी गराएको पनि एकघण्टाभन्दा बढी भइसक्यो । यसको अर्थ उनले १० घण्टादेखि राष्टपतिलाई कुरिरहेका छन् । भेट भएको अपडेट आएको छैन ।

गुरुङका अनुसार, राष्ट्रपति पौडेलले बिहानै छलफलका लागि बोलाए पनि अहिलेसम्म प्रत्यक्ष भेट भएको छैन। ‘राष्ट्रपति ज्यूले बोलाउनुभएको हो, तर अहिलेसम्म भेट भएको छैन, म अझै पनि कुरिरहेको छु,’ उनले लेखेका छन्।
‘हामी नेपाल’ गैरसरकारी संस्थाका गुरुङले आफू मध्यस्थकर्तामार्फत नभएर राष्ट्रपतिसँग प्रत्यक्ष छलफल गर्ने अडान लिएका छन्। उनले एकल छलफल नगर्ने स्पष्ट पनि पारेका छन्। गुरुङले संसद् विघटनको घोषणा र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग यथावत रहेको बताएका छन् र राष्ट्रपति पौडेलसँग भेटपछि छलफलका विषयमा विस्तृत जानकारी दिने बताएका छन्।