काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सवा ३ बजे भिडिओ कन्फरेन्समार्फत संवाद हुने भनिए पनि तत्कालका लागि सो वार्ता स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँगको औपचारिक कुरा अब बिहीबार हुने तय भएको छ।
यसैबीच, भारतीय राजदूत आजै दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्कीलाई भेट्ने भएका छन्। सो भेटमा राजदूतले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै भारतको विदेश मन्त्रालयले सबैभन्दा पहिले बधाई पठाएको थियो। साथै, भारतीय प्रधानमन्त्री मोदीले मणिपुरमा भएको एक सम्मेलनमा नेपालमा असामान्य परिस्थितिमा पनि नागरिक सरकार गठन हुन सकेको भन्दै स्वागत व्यक्त गरेका थिए।