शुक्रबार, जेष्ठ १,२०८३ 12:17:19
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:17:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देउवाको घरमा पैसै-पैसा भेटिएको कुरा गलत, त्यहाँ भेटिएको ट्याङ्की खानेपानीको हो !

Laxmi Sunrise Bank Limited
देउवाको घरमा पैसै-पैसा भेटिएको कुरा गलत, त्यहाँ भेटिएको ट्याङ्की खानेपानीको हो !
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको ‘पैसाको सुरूङ्ग’ जस्ता समाचारलाई कांग्रेस नेतृत्वले ‘आधारहीन प्रचार’ भन्दै खण्डन गरेको छ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै, “जेनजी आन्दोलनको क्रममा भएको आक्रमणलाई ढाकछोप गर्न र पार्टी नेतृत्वलाई बदनाम गर्न नियोजित ढंगले अफवाह फैलाइएको छ,” भनेर स्पष्ट पारे।

Bizshala
New Office
CG Motors

डकैती शैलीको आक्रमणपछि अफवाह

भदौ २४ गते बिहान, बुढानीलकण्ठस्थित देउवा निवासमा डकैती शैलीमा आक्रमण भएको थियो। सभापति देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवासहित परिवारमाथि भएको त्यो हिंसात्मक आक्रमणलाई ‘जघन्य आपराधिक घटना’ भन्दै विज्ञप्तिले भर्त्सना गरेको छ। तर सोही घटनापछि “निवासमा ठूलो रकम भेटियो, जलेका नोटका अंशहरू भेटिए, भूमिगत सुरूङ्ग छ” भन्ने जस्ता कपोकल्पित समाचारहरू नियोजित ढंगले फैलाइएको सचिवालयको दाबी छ।

अण्डरग्राउन्ड ट्याङ्कीलाई 'सुरूङ्ग' भन्दै दुष्प्रचार

सामाजिक सञ्जालमा प्रसारित केही भिडियो र फोटोहरूलाई खण्डन गर्दै सचिवालयले भनिएको छ, “घरभित्र रहेको अण्डरग्राउन्ड पानी ट्याङ्कीलाई पैसाको सुरूङ्ग भनेर प्रस्तुत गरिएको छ, जुन पूर्णतः भ्रम फैलाउने प्रयास हो।”

त्यस्ता सामग्रीहरू विभिन्न समय र ठाउँका जलेका नोटका दृश्यहरू जोडेर सम्पादन गरी युट्युब र सामाजिक सञ्जालमा प्रसारित गरिएको पाइएको सचिवालयको भनाइ छ।

Garima Development Bank
Shivam Cement
IME remit

विज्ञप्तिमा भनिएको छ, “जनमानसमा अपमानित गर्ने र पार्टी नेतृत्वलाई कमजोर पार्ने दूषित मनसायले यस्ता भ्रामक प्रचार गरिएको हो। त्यसैले आम नागरिक, समर्थक तथा कांग्रेस परिवारलाई यस्ता हल्लामा नपर्न हार्दिक अनुरोध गर्दछौं।”

कांग्रेसले आन्दोलनकै बीच आपराधिक शैलीमा गरिएका आक्रमणहरूलाई निन्दा गर्दै राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ धरातलमा फर्काउन सबैसँग आग्रह गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.