काठमाण्डौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । उक्त बैठकमा जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल हुने जनाइएको छ । बैठक आयोजना हुने समय भने निर्धारण भईसकेको छैन ।
हाल मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । यसमा जम्मा चार सदस्य मात्र छन्। अहिले मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थ) , कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री छन्।

