Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हातको दुखाईको कारण स्मार्टफोन त होइन ? औलामा कस्तो पार्छ प्रभाव ?

Global IME Bank Limited
हातको दुखाईको कारण स्मार्टफोन त होइन ? औलामा कस्तो पार्छ प्रभाव ?
Nabil Bank Limited

काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग भईसकेको छ । फोनबिनाको संसार कल्पना गर्न पनि नसक्ने अवस्थामा मानव जाति पुगिसकेको छ । अफिसमा मेल पठाउन होस् वा सामाजिक सञ्जालमा कुनै भिडियो हेर्नु नै किन नहोस्,हामीलाई स्मार्टफोन नै चाहिन्छ । स्मार्टफोनको प्रयोगबाट हाम्रो शरीरमा थुप्रै प्रभावहरु समेत पर्ने गर्छ । जसबारे हाम्रो त्यति धेरै ध्यान जाने गर्देन ।  

स्मार्टफोन चलाउँदा सबैभन्दा धेरै असर आखामा पर्नेबारे चर्चा हुने गरेको छ । त्यसैले हाम्रो ध्यान धेरैजसो स्क्रिन टाइममा जाने गर्छ । तर के तपाईले केहिल्यै विचार गर्नु भएको छ कि स्मार्टफोनबाट हाम्रो हातमा कस्तो असर पर्छ भनेर ?

स्मार्टफोनले औंलामा कस्तो असर पार्छ  ?

रिपोर्टका अनुसार स्मार्टफोन प्रयोगका कारण सबैभन्दा धेरै असर हाम्रो औंलामा पर्ने गर्छ । यसको सबैभन्दा धेरै असर कान्छी औला र बुढी औलामा पर्ने गर्छ । स्मार्टफोन मात्रै नभएर ट्याबलेट र भिडियो गेम कन्ट्रोलर का कारण पनि यस्तो हुने गर्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यदि तपाई धेरै टाईपिङ गुर्नहुन्छ भने तपाईको औला र हातमा दुखाई हुन सक्छ । भिडियो गेम पनि लामो समयसम्म प्रयोग गर्दा हातमा  दुखाई हुन सक्छ ।  

यस्तै लामो समयसम्म स्मार्टफोन समाउदा पनि यस्तै हुने गर्छ । कयौपटक हातको औलामा फोनको छाप नै बसेको देख्न सकिन्छ । तपाईले फोनलाई कसरी होल्ड गर्नुहुन्छ त्यसले पनि तपाईको हातमा पार्ने असरको निर्धारण गर्ने गर्छ । लामो समयसम्म फोन समाउँदा कान्छी औला र बुढी औलामा दुखाई सुरु हुन सक्छ । यो अवस्थालाई‘स्मार्टफोन फिंगर’को नाम दिइएको छ ।  

हाम्रो हात २७ वटा हड्डी,३५ वटा मांशपेशी र यसलाई जोड्ने १०० भन्दा बढी टेन्डनबाट बनेको हुन्छ । यहि टेन्डनको सहयोगले औलाहरु चलाउन सकिन्छ । कुनै पनि एकै ठाउँमा निरन्तर दबाव पर्दा यी टेन्डरहरु तथा मांसपेशीहरुमा धेरै नै असर पर्ने गर्छ ।  

निरन्तर बढीरहेको स्मार्टफोनको आकार र तौलले पनि यो समस्यालाई थप बल पुर्याईरहेको छ । पहिले–पहिले मोबाइल फोनहरु साना र कम तौलका हुन्थे । तर अहिले फोनको आकार र तौल वृद्धि भईरहेको छ । जसबाट हातमा थप दबाव परिरहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.