Bizshala
  • बुधबार, पुष ३०,२०८२ 09:12:19
Bizshala
Global IME Bank Limited

नेपाली प्रविधि विश्व बजारतर्फ: रेनड्रप इन्कले बिज्याक ईआरपी पाकिस्तानमा विस्तार गर्‍यो

Hyundai Nepal
नेपाली प्रविधि विश्व बजारतर्फ: रेनड्रप इन्कले बिज्याक ईआरपी पाकिस्तानमा विस्तार गर्‍यो
Shivam Cement

काठमाण्डौ । नेपालमा विकसित उद्यमस्तरीय सफ्टवेयर समाधान कम्पनी रेनड्रप इन्क. (Raindrop Inc.) ले आफ्नो प्रमुख ईआरपी प्लेटफर्म ‘बिज्याक (Bizak ERP)’ को पहिलो अन्तर्राष्ट्रिय विस्तार पाकिस्तानबाट सुरु गरेको छ। यो विस्तारलाई नेपाली इन्जिनियरिङ क्षमतालाई विश्वव्यापी उद्यम बजारमा पुर्‍याउने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

पाकिस्तान प्रवेशका लागि रेनड्रप इन्क. ले त्यहाँको अग्रणी परामर्शदाता कम्पनी एंकरपोइन्ट (Anchorpoint) सँग विशेष रणनीतिक साझेदारी गरेको छ। स्थानीय रूपमा असदको नेतृत्वमा एंकरपोइन्टले बिज्याक ईआरपीको कार्यान्वयन, स्थानीयकरण तथा क्षेत्रीय सहयोग व्यवस्थापन गर्नेछ, जसले पाकिस्तानका संस्थागत तथा नियामकीय आवश्यकताअनुसार प्रणालीलाई अनुकूल बनाउनेछ ।

CG Motors
Bizshala
Garima Development Bank

‘रिजिडिटी ग्याप’ समाधान गर्ने दाबी

रेनड्रपका अनुसार बिज्याक ईआरपी बजारमा देखिने ‘रिजिडिटी ग्याप’ अर्थात् सफ्टवेयरका कारण संस्थाले आफ्ना स्थापित कार्यप्रणाली त्याग्नुपर्ने समस्या—समाधान गर्न डिजाइन गरिएको हो। नेपालमै पूर्ण रूपमा विकसित यो प्रणाली मोड्युलर, उच्च-सुरक्षायुक्त संरचनामा आधारित छ, जसले संस्थाको वास्तविक कार्यशैलीअनुसार स्केलेबल समाधान प्रदान गर्छ।

रेनड्रप इन्क.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक न्यौपाने ले पाकिस्तानलाई पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा रोज्नु उत्पादन दर्शनको महत्वपूर्ण प्रमाणीकरण भएको बताए। “हिमालयमा विकसित इन्जिनियरिङ क्षमताले पनि विश्वस्तरीय उद्यम आवश्यकताहरू पूरा गर्न सक्छ भन्ने प्रमाण यो विस्तार हो,” उनले भनेका छन्।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

बजार प्रभाव र रणनीतिक लक्ष्य

कम्पनीका अनुसार बिज्याक ईआरपीले पाकिस्तानका संस्थाहरूलाई आफ्ना प्रतिस्पर्धात्मक विशेषता कायम राख्दै डिजिटल रूपान्तरण गर्न सहयोग गर्नेछ। यो प्रणाली सरकारी वित्तीय व्यवस्थापनदेखि ठूला निजी क्षेत्रका संस्थासम्म उच्च संवेदनशीलता भएका वातावरणका लागि उपयुक्त बनाइएको छ। रेनड्रप इन्क. प्रविधि स्वामित्व तथा उत्पादन विकासमा केन्द्रित रहनेछ भने एंकरपोइन्टले स्थानीय कार्यान्वयन र समर्थनको जिम्मेवारी सम्हाल्नेछ।

रेनड्रप इन्क. नेपालस्थित अग्रणी प्रविधि कम्पनी हो, जसले सार्वजनिक वित्तीय व्यवस्थापन, ठूला उद्यम प्रणाली तथा मिशन–क्रिटिकल सफ्टवेयर समाधानमा विशेषज्ञता राख्छ। कम्पनीको ‘प्रोडक्ट–गभर्न्ड’ मोडेलले अन्तर्राष्ट्रिय परियोजनामा पनि सुरक्षा, अनुपालन र नवप्रवर्तनका उच्च मापदण्ड सुनिश्चित गर्ने जनाएको छ।

एंकरपोइन्ट पाकिस्तानस्थित प्रविधि साझेदार कम्पनी हो, जसले उद्यमस्तरीय सफ्टवेयर कार्यान्वयन तथा डिजिटल रूपान्तरण रणनीतिमा काम गर्दै आएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.