बुधबार, श्रावण १३,२०८३ 10:28:48
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:28:49
Bizshala
Global IME Bank Limited

प्रचण्डको प्रस्ताव : केन्द्रीयदेखि तल्लो तहसम्म सबै संरचना विघटन गर्ने तयारी

प्रचण्डको प्रस्ताव : केन्द्रीयदेखि तल्लो तहसम्म सबै संरचना विघटन गर्ने तयारी
New Office

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) पार्टी आन्तरिक पुनर्गठनको तयारीमा प्रवेश गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रुपान्तरणका लागि ४ बुँदे प्रस्ताव अघि सारेका छन्।

बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएअनुसार, वर्तमान केन्द्रीय समिति विघटन गरी अध्यक्ष प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्तावलाई असोज ९ गते बस्ने केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरिएको छ। त्यसअघि असोज ८ गते स्थायी समिति बैठक बस्नेछ।

प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा केही मुख्य अंश यसप्रकार छन् :

-अहिलेको अध्यक्षसहित सबै पदाधिकारी, केन्द्रीय समिति, स्थायी समिति र तल्लो तहका सबै संरचना विघटन गरेर आयोजक समिति बनाउने।

-आगामी मङ्सिरभित्र विशेष महाधिवेशन गरी नयाँ संरचनासहित संगठन बनाउने।

-महाधिवेशनबाट प्रत्यक्ष अध्यक्ष र पदाधिकारीको निर्वाचन गर्ने, जसमा महिला, दलित र युवाको बहुमत सुनिश्चित हुने संकल्प प्रस्ताव अघि सार्ने।

-पार्टीलाई आगामी फागुन २१ को निर्वाचन र विशेष महाधिवेशन दुवैका लागि तयारी अवस्थामा राख्ने।

उनले चुनावी रणनीतिसमेत प्रस्तुत गर्दै, “आगामी मध्यावधि चुनावमा विगतभन्दा फरक ढंगले, प्रतिस्पर्धात्मक छलफलपछि जनताले रुचाएका उम्मेदवारलाई अघि सारौँ,” भन्ने धारणा राखेका छन्।

जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक परिस्थिति उल्लेख गर्दै प्रचण्डले देश संकटमा रहेको र त्यसलाई सम्हाल्ने जिम्मेवारी माओवादीकै काँधमा आएको दाबी गरे। उनले कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली विगतमै लागू हुन सकेको भए आन्दोलनबाट उत्पन्न अस्थिरता टर्न सकिने जिकिर पनि गरे।

“अब मुलुक, राष्ट्रिय स्वाभिमान र लोकतन्त्रलाई जोगाउने जिम्मा हामीले लिनुपर्छ,” प्रचण्डले बैठकमा स्पष्ट पारेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.