काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पाँच नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरे बमोजिम आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो दुई बजे हुने कार्यक्रम रहेको छ । सुशीला कार्कीले उद्योग मन्त्रालयमा अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयमा संगीता कौशल मिश्र, कृषि मन्त्रालयमा मदन परियार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुनको नाम सिफारिस गरेकी छन् ।
हाल मन्त्रिपरिषदमा ३ जना मन्त्री मात्रै रहेका छन् । जसअन्तर्गत अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ, र गृहमन्त्रीमा ओमप्रकाश अर्याल रहेका छन् ।