• बुधबार, आश्विन ८,२०८२ 11:22:41
Global IME Bank Limited

बाबुराम भट्टराईले पद त्यागे, अन्य दलका शीर्ष नेता भने नछाड्ने मूडमा !

Hyundai Nepal
बाबुराम भट्टराईले पद त्यागे, अन्य दलका शीर्ष नेता भने नछाड्ने मूडमा !
Shivam Cement

काठमाण्डौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेतृत्व छाड्ने घोषणा गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्याग गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। उनका अनुसार, महाधिवेशनको मिति भने अझै तय भएको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शर्माले स्पष्ट पारे, “डा. भट्टराईले राजीनामा दिएका होइनन्, तर पद त्याग गरेर मार्ग प्रशस्त गर्नुभएको हो।”

गत माघमा सम्पन्न महाधिवेशनबाट भट्टराई पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

हालै भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहमा भट्टराई पनि आक्रोशको निशानामा परेका थिए। प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेर क्षति पुर्‍याएका थिए। यद्यपि, उनले जेनजीले अघि सारेका मागहरूप्रति समर्थन जनाउँदै आएका छन्।

राजनीतिक दलहरूको नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको संवेदनशील अवस्थामा उनले नैतिक जिम्मेवारी स्वरूप पद त्याग गरेको बुझिएको छ।

डा. भट्टराईले २०७३ सालमा ‘नयाँ शक्ति नेपाल’ गठन गर्दै पाँच ‘स’ स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादलाई आफ्नो राजनीतिक कार्यदिशाको आधार बनाएका थिए। तर २०७४ सालको निर्वाचनमा प्रस्तुत गरेको भिजन असफल भएपछि उनले नयाँ शक्तिलाई उपेन्द्र यादव र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग विलय गराएका थिए।

पछिल्लो चरणमा जसपा हुँदै उनले २०७९ सालमा नेपाल समाजवादी पार्टी पुनर्गठन गरेका थिए। तर माओवादी केन्द्रसँग एकता गर्ने विषयमा तत्कालीन अध्यक्ष महिन्द्र राय यादवसँग मतभेद हुँदा २०८० चैतमा फेरि पार्टी विभाजन भएको थियो।

अरु नेता छैनन् तयार

डा. बाबुराम भट्टराईले जेनजी विद्रोहपछि बुढा नेताले पद छाड्नुपर्ने जनताको माग स्वीकार गरेका देखिएको छ । तर, अन्य दलका शीर्ष नेताहरु भने डा. भट्टराईको लाइनमा आउने अझैसम्म पनि छाँटकाट देखिएको छैन । एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु अझै पनि पद ओगटेरै अगाडि बढ्ने मूडमा देखिएका छन् । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.