बुधबार, असार १०,२०८३ 04:57:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:57:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिखर इन्स्योरेन्सले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई बनायो तीव्र, छोटो अवधिमै रु. ३० करोड भुक्तानी

Laxmi Sunrise Bank Limited
शिखर इन्स्योरेन्सले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई बनायो तीव्र, छोटो अवधिमै रु. ३० करोड भुक्तानी

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले जेनजी आन्दोलनका क्रममा सम्पत्तिमा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई तीव्र पारेको छ ।  

यो कम्पनीले ग्राहकमैत्री सेवा र द्रूत गतिमा बीमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेका कारण छोटो समयमै करिब ३० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ ।

New Office
CG Motors
Garima Development Bank

 '२०८२ भाद्र २३ र २४ मा भएको क्षतिहरु मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब रु.३० करोडको दाबी भुक्तानी भएको छ ।' कम्पनीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार भनेको छ-'राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिबद्धताअनुरुप विमित ग्राहकहरुले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पुर्याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएका छौं ।'  

दाबी प्रक्रियालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रक्रिया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा समेत प्रवाह हुँदै आएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मूल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौं ।' विज्ञप्तिमा भनिएको छ-'शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भूकम्प तथा गत वर्षको बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र दु्रत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका छौं ।'  

आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन आफूहरु कटिबद्ध रहेको कम्पनीले प्रतिबद्धता जनाएको छ । 'कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल, सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।'-विज्ञप्तिमा भनिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.