Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

महिन्द्राले बढायो स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य,नयाँ भेरियन्टको भाउ यस्तो

Hyundai Nepal
महिन्द्राले बढायो स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य,नयाँ भेरियन्टको भाउ यस्तो
Nabil Bank Limited

काठमाण्डौ । भारतको चिरपरिचित अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले फल्यागसिप एक्सयुभी–स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य बढाएको छ । 

उत्पादन मूल्य वृद्धिभएसँगै कम्पनीले आफ्ना यी चर्चित एसयुभी मोडलहरुको मूल्य तत्कालै लागू हुनेगरी वृद्धि गर्ने निर्णय गरेको हो ।  यी तीन मोडलमध्ये एक्सयुभी७०० एसयुभीको मूल्य सर्वाधिक वृद्धि गरिएको छ । 

Shivam Cement
Sagarmatha Cement

एक्सयुभी७०० एसयुभीको एएक्स७ पेट्रोल भेरियन्टको ७ सिटे र म्यानुअल गियरबक्सको मूल्य ५७ हजार भारुले बढाइएको छ ।  यस्तै म्यानुअल र अटोमेटिक दुवै ट्रान्समीशनमा उपलब्ध यहि मोडलका डिजेल भेरियन्टको मूल्य पनि वृद्धि गरिएको छ ।  

यद्यपी मूल्य समायोजन भने एक समान छैन । एक्युभी७०० का आठवटा भेरियन्टको मूल्य घटाइएको छ । यस्तै चारवटा इन्ट्री–लेभलका पेट्रोल भेरियन्टको मूल्य १५ हजार भारुले घटाइएको छ । एएक्स५ डिजेल भरियन्ट र ५ सिटे अप्सनमा उपलब्धको मूल्य सबैभन्दा धेरै अर्थात २१ हजार भारुले घटाइएको छ ।  

यससँगै एक्युभी७०० को मूल्य रेञज १३.९९ देखि २६.९९ लाखसम्म कायम भएको छ । सातवटा भेरियन्टको मूल्य भने परिवर्तन गरिएको छैन ।  

स्करपियो–एन र स्र्कोपीयो क्लासिक मोडलका सबै भेरियन्टको मूल्य भने वृद्धि गरिएको छ । जसको मूल्य न्यूनतम १ हजारदेखि अधिकतममा ४० हजारसम्म बढाइएको छ ।  

यस्तै थार एसयुभीका सबै मोडलको मूल्य वृद्धि गरिएको छ । यी मध्ये सबैभन्दा धेरै वृद्धि एएक्स(ओ)डिजेल भेरियन्टको भएको छ । यसको मूल्य ३५ हजार थप गरिएको छ । यसका अतिरिक्त अटोमेटिक गियरबक्स भएको टप–इन्ड पेट्रोल भेरियन्ट एलएक्सको मूल्य पनि ३४ हजार भारु बढाइएको छ ।  

यससँगै थारको सुरुवाति मूल्य ११.२५ लाख भारु र टप–इन्डको भेरियन्टको मूल्य १७.२० लाख भारु निर्धारण गरिएको छ ।  -एजेन्सी

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.