बुधबार, आश्विन २२,२०८२ 02:27:08
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 02:27:08
IME remit
Global IME Bank Limited

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी

Hyundai Nepal
मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी
Shivam Cement

काठमाण्डौ । ग्लोबल सिटिजन फेस्टिभलमा आज मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा गरेको छ ।

यस साझेदारीमार्फत, आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतहरूमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो दीर्घ इतिहास र क्षमतालाई प्रयोग गरी मेटलाइफले ग्लोबल सिटिजनको अभियानलाई थप सशक्त बनाउन र विश्वभरका समुदायहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न योगदान गर्नेछ । प्रमुख साझेदारको हैसियतले मेटलाइफले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सहभागिता, र आफ्नो विश्वव्यापी पहुँचमार्फत शिक्षा तथा आर्थिक सशक्तिकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका अतिरिक्त, मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डको संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यो फन्डले विश्वभरका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच उपलब्ध गराउन १०० मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ ।  

स्थापना भएको करिब ५० वर्षदेखि नै शिक्षा–सम्बन्धी सहयोग मेटलाइफ फाउन्डेशनका आधारशिलाहरू मध्ये एक रहँदै आएको छ । हाल वित्तीय स्टेम सिकाइ, मेन्टरिंग, र सीप–प्रशिक्षण जस्ता क्षेत्रमा सहयोग गरेर फाउन्डेशनले विश्वभरका विद्यार्थीहरूलाई उज्जवल भविष्यका लागि तयार पार्दै आएको छ ।

मेटलाइफका अध्यक्ष तथा सीईओ, मिशेल खलाफले भने ‘मेटलाइफमा, हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौं, जसलाई सबैका लागि आत्मविश्वासी भविष्य निर्माण गर्ने हाम्रो स्पष्ट उद्देश्यले मार्गदर्शन गरेको छ। ग्लोबल सिटिजनसँगको हाम्रो साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरूलाई अगाडि बढाउने र सबल र आत्मविश्वासी समुदायहरू निर्माण गरेर सकारात्मक परिवर्तन ल्याउनेछ। मेटलाइफ फाउन्डेशनसँग मिलेर हामी ग्लोबल सिटिजनसँग सहकार्य गर्न उत्साहित छौं, र यो साझेदारीले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्दै आएको मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझै सबल बनाउनेछ।’

मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानहरूलाई पनि सशक्त बनाउनेछ, जसमा आज न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न भएको ऐतिहासिक ग्लोबल सिटिजन फेस्टिभल पनि पर्छ, जहाँ कलाकार, अभियन्ता,र विश्व नेताहरूलाई एकसाथ ल्याएर संसारका सबैभन्दा ज्वलन्त समस्याहरूमा कार्य गर्ने उद्देश्य राखिएको छ। साथै, ग्लोबल सिटिजन नाउ एक्शन समिटहरूमा पनि मेटलाइफको योगदान रहनेछ ।

ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यू एभान्सले भने ‘हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं। मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ साझेदारीले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील र समृद्ध जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन महत्वपूर्ण उत्प्रेरकको रूपमा काम गर्नेछ।’

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.