Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

इन्साइडर ट्रेडिङमा संलग्न गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

Global IME Bank Limited
इन्साइडर ट्रेडिङमा संलग्न गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतले न्यौपानेलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको हो ।  

न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पाँच महिनाअघि दायर मुद्दामा न्यौपानेलाई दोषि ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि भने ५ चैतको पेसी तोकेको छ ।

कानुनविपरीत आफू सञ्चालक समितिमा रहेकै अवस्थामा न्यौपानेले सेयर कारोबार गरेको सेबोनले गरेको अनुसन्धानबाट खुलेको थियो। धितोपत्र दर्ता निष्कासन नियमावलीमा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिडी पावरको अध्यक्ष रहँदा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेको अनुसन्धानबाट फेला परेको थियो।  

यस मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन् । रिडी पावर कम्पनीमा अध्यक्ष पदमा रहँदा न्यौपाने र नेपाल मिलेर करोेडौँ रकम ‘इन्साइडर ट्रेडिङ’बाट कमाएको खुलेको थियो ।

धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको आरोपमा न्यौपानेमाथि नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी सेबोनले कारबाही गरेको थियो । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.