काठमाण्डौ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई विगतका आर्थिक वर्षहरूको बाँकी रहेको नगद लाभांश समयमै बुझिलिन आग्रह गरेको छ।
बैंकद्वारा प्रकाशित सूचनाअनुसार, गरिमा विकास बैंक तथा यसमा गाभिनुअघि सञ्चालनमा रहेका निलगिरी विकास बैंक लिमिटेड, शुभेच्छा विकास बैंक लिमिटेड र साहारा विकास बैंक लिमिटेडका आर्थिक वर्ष २०६६/६७ देखि २०७३/७४ सम्मका वार्षिक साधारण सभाबाट पारित नगद लाभांशमध्ये केही सेयरधनीहरूले हालसम्म रकम बुझिलिन बाँकी रहेको जनाएको छ।
बैंकले सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट वा शेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडमा सम्पर्क गरी बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको छ।
बैंकका अनुसार तोकिएको अवधिभित्र पनि सम्बन्धित शेयरधनीले लाभांश दाबी नगरेमा उक्त रकम कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ।

