काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले खसाधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिले असार ३१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृत भोग क्याटरिङमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिमा एकजना महिलासहित सातजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

