काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजहरूको थोक अधिकतम मूल्य सार्वजनिक गरेको छ।
समितिले दैनिक बजारमा देखिने आपूर्ति, माग तथा मौसमी अवस्थालाई आधार मानेर मूल्य निर्धारण गरिएको जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याजदेखि लिएर हरियो साग, फलफूल र माछासम्मका वस्तुहरूको थोक दर समायोजन गरिएको छ।
तरकारीतर्फ गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो )लोकल) रु ३०, टनेल गोलभेँडा रु ३८, आलुका विभिन्न प्रकार रु ३० देखि ३८ सम्म, तथा प्याज सुकेको (भारतीय) रु ४७ कायम गरिएको छ।
अन्य तरकारीहरूमा गाजर रु १००, बन्दा रु ६०, काउली रु ५०, रातो मूला रु ४०, सेतो मूला रु २० तथा भन्टाका विभिन्न प्रकार रु २५ देखि ३५ सम्म निर्धारण गरिएको छ।
त्यस्तै बोडी, सिमी, करेला, लौका, परवर, चिचिण्डो, घिरौँला, फर्सी र भिन्डी जस्ता तरकारीहरूको मूल्य पनि प्रकारअनुसार तय गरिएको छ।
मटरकोसा प्रतिकिलो रु १८०, भटमास कोसा रु १२०, सखरखण्ड रु १२० र पिँडालु रु १०० कायम गरिएको छ।
सागसब्जीतर्फ रायो साग रु ४०, पालुङ्गो रु ६०, चमसुर रु ७०, तोरीको साग रु ६०, हरियो प्याज रु १२० तथा निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ।
च्याउको मूल्य प्रकारअनुसार फरक रहेको छ, जसमा सिताके च्याउ प्रतिकिलो रु १,००० सम्म पुगेको छ।
सागसब्जीतर्फ रायो साग रु ४०, पालुङ्गो रु ६०, चमसुर रु ७०, तोरीको साग रु ६०, हरियो प्याज रु १२० तथा निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ।
च्याउको मूल्य प्रकारअनुसार फरक रहेको छ, जसमा सिताके च्याउ प्रतिकिलो रु १,००० सम्म पुगेको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २००–२२०, अनार रु ४२०, आँप रु ९० देखि १२०, तरबुजा रु ५०, कागती रु २००, भुइँकटहर प्रतिगोटा रु २००, मेवा रु ९०–१००, लिची रु १५०–३०० तथा नरिवल रु ८०–१७० सम्म निर्धारण गरिएको छ।
मसलाजन्य वस्तुहरूमा अदुवा रु २३०, सुकेको खुर्सानी रु ५००, हरियो खुर्सानी रु ४०–५०, अकबरे खुर्सानी रु ३००, हरियो धनियाँ रु १२० तथा लसुनका विभिन्न प्रकार रु १८० देखि २२० सम्म कायम गरिएको छ।
त्यसैगरी माछातर्फ ताजा रहु, बचुवा र छडी माछाको मूल्य क्रमशः रु ३४०, रु ३०० र रु २६० निर्धारण गरिएको छ भने सुकेको माछा प्रतिकिलो रु १,००० कायम गरिएको समितिले जनाएको छ।

