काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य अल टाइम हाईको उचाईमा पुगेको छ । मंगलबारको कारोबारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २.२५ प्रतिशत अर्थात ८७.५४ डलरले बढेको छ ।
यससँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ९७४ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अक्टोबर र डिसेम्बर महिनाका लागि ब्याजदर कटौती गर्ने सम्भावना उच्च भएकाले सुनको मूल्यमा उछाल आएको विश्लेषकले बताएका छन् ।
सुनको भाउ न्यून ब्याजदर र आर्थिक अनिश्चितताको समयमा बढ्ने गर्छ । यस वर्ष सुनको मूल्य ५१ प्रतिशतले बढिसकेको छ । विश्वका केन्द्रीय बैंकहरु र ईटीएफमा सुनको माग बढेसँगै सुनको मूल्यवृद्धि लाई टेवा पुगेको छ ।