बुधबार, असार १०,२०८३ 03:02:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:02:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल पुनर्बीमाले सुरु गर्‍यो भुक्तानी, तिहारअघि बढीमा ४ अर्ब दिइसक्ने

‘सेयरधनीले ३–४ वर्ष रिटर्न पाउँदैनन्, हामी लाभांश बाँड्नै नसक्ने अवस्थामा पुग्दैछौं’

Laxmi Sunrise Bank Limited
नेपाल पुनर्बीमाले सुरु गर्‍यो भुक्तानी, तिहारअघि बढीमा ४ अर्ब दिइसक्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ ।  

कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै त्यसमा बीमा दाबीको कम्तीमा ५० प्रतिशत भुक्तानी अग्रिम गराउने व्यवस्था मिलाउने बताएको थियो । तर, बीमाको दाबी भुक्तानी प्रक्रियाका केही कानूनी जटिलताहरुका कारण सरकारले भनेजस्तो कम्पनीहरुले पेश गरेको दाबीको ५० प्रतिशत अग्रिम भुक्तानी गरिहाल्ने अवस्था नरहेको स्रोतको भनाई छ ।  

नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । 'बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ ।' स्रोतले भन्यो - 'त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरुको रिपोर्ट आएपछि बिनाझञ्झट अगाडि बढाउने हाम्रो तयारी छ ।' 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको प्रारम्भिक आँकलनअनुसार जेनजी आन्दोलनका क्रममा क्षति भएको सम्पत्तिको बीमाबापत १२ अर्ब बढीको दायीत्व यो कम्पनीलाई मात्र आइपर्ने देखिएको छ ।  

यसैगरी, देशभर हालै परेको भारी र अति भारी वर्षाका कारण भएको क्षतिको बीमाबापत आएको दाबीको प्रारम्भिक आँकलन अनुसार नेपाल पुनर्बीमाले करिब १ अर्ब ५० करोड रुपैयाँ थप छुट्याउनुपर्ने देखिएको छ ।  

वित्तीय अवस्थामा कस्तो प्रभाव पर्ला ?

कम्पनीका एक उच्च अधिकारीकाअनुसार जेनजी आन्दोलन र बाढीपहिरोका क्रममा भएको क्षतिका लागि बीमा दाबी भुक्तानी गर्दा आइपरेको अभूतपूर्व दायीत्वका कारण वित्तीय सन्तुलन नराम्ररी बिग्रिने निश्चित छ ।  

'हामी अबको ३–४ वर्षसम्म कुनै पनि लाभांश बाँड्न नसक्ने अवस्थामा पुग्ने प्रारम्भिक आँकलन छ ।' ती अधिकारीले भने-'ठूलो दायीत्वका कारण सबैभन्दा ठूलो प्रभाव सेयरधनीलाई पर्ने देखिन्छ । उनीहरुले अबका केही वर्ष रिटर्नको आशा नगरे हुन्छ । कम्तीमा यही कारण कम्पनी टाट पल्टिएन भने त्यो नै ठूलो कुरा हुनेछ ।'  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.