आईतवार, आश्विन २६,२०८२ 11:10:49
IME remit
  • आईतवार, आश्विन २६,२०८२ 11:10:49
IME remit
Global IME Bank Limited

नबिल बैंकद्वारा नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला : गरिबी निवारण र सशक्तीकरणमा जोड

Hyundai Nepal
नबिल बैंकद्वारा नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला : गरिबी निवारण र सशक्तीकरणमा जोड
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) को नयाँ समूहका लागि आवेदन खुला गरेको छ। 

यो कार्यक्रम सामाजिक उद्यमशीलता प्रवर्द्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएको हो।

Shivam Cement
Bizshala
CG Motors

१८ वर्ष पूरा गरेका इच्छुक नेपाली नागरिकहरूले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली का अनुसार यो वर्षदेखि नबिल एसएसई कार्यक्रमलाई मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरण का लक्ष्यसँग जोडिएको छ। उनले भने, “मुलुकको दीगो विकासमा सामाजिक उद्यमीहरूको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ।”

बैंकका अनुसार, नबिल एसएसई अन्तर्गत फेलोसिप कोर्स र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम सञ्चालनमा छन्।

फेलोसिप कार्यक्रम (छैठौं समूहका लागि आवेदन खुला)

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा सञ्चालित यो कार्यक्रम छ महिनाको हुन्छ। स्टार्टअप र नवीनतम सामाजिक उद्यम आइडियामा काम गरिरहेका उद्यमीहरूलाई लक्षित गरिएको छ।

सहभागीहरूले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण, मेन्टरसिप, नेटवर्किङ र वित्तीय पहुँच जस्ता सुविधा पाउनेछन्।

हालसम्म यस कार्यक्रमबाट ७६ जना सहभागी भइसकेका छन् र ६२ वटा उद्यम सञ्चालनमा छन्।

Muktinath Bikas Bank Limited

सर्टिफिकेट कोर्स (सातै प्रदेशमा विस्तार)

तीन महिनाको यो कोर्स विभिन्न प्रदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ। हाल यो कार्यक्रम

-कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा,

-मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक बोर्डिङ स्कुलमा,

-बाग्मती प्रदेशमा क्याम्पियन कलेजमा,

-लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति क्याम्पस र कोहलपुर मोडल कलेजमा,

-कर्णालीमा सुर्खेत मोडल कलेजमा,

-र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमी

मा सञ्चालन भइरहेको छ।

हालसम्म यो कोर्समा सहभागी भएका १,०६९ जनाले प्रत्यक्ष लाभ लिइसकेका छन्।

प्रदेशअनुसार प्राथमिकता क्षेत्रहरू

यस वर्षदेखि नबिल एसएसई सर्टिफिकेट कोर्स प्रदेशगत प्राथमिकताका साथ सञ्चालन हुनेछ।

-कोशी प्रदेश: हाई भ्यालु क्रप्स

-मधेस प्रदेश: एग्रो भ्यालु चेन

-बाग्मती प्रदेश: डिजिटल नवप्रवर्तन र हरित उद्यम विकास

-गण्डकी प्रदेश: सामुदायिक होमस्टे र पर्यटन प्रवर्द्धन

-लुम्बिनी प्रदेश: एग्रो भ्यालु चेन, धार्मिक पर्यटन र सांस्कृतिक उद्यमशीलता

-कर्णाली प्रदेश: पर्वतीय उद्यम (मौरीपालन, बाँस र जडीबुटीजन्य उद्योग)

-सुदूरपश्चिम प्रदेश: ग्रामीण पर्यटन र पशुपालन उद्यम प्रवर्द्धन

 

दिगो विकासतर्फ नबिलको प्रतिबद्धता

नबिल बैंकले नबिल एसएसई कार्यक्रमलाई दिगो विकास र समावेशी अर्थतन्त्रको आधार मान्दै आएको छ।

हालसम्म यो कार्यक्रममार्फत १७ हजारभन्दा बढी रोजगारी सिर्जना भइसकेको बैंकले जनाएको छ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन लगायतका क्षेत्रमा प्राथमिकताका साथ कार्य गर्दै आएको छ। यी प्रयासहरूले हजारौं समुदायका मानिसहरूको जीवनस्तर सुधार्न र वातावरण संरक्षणमा योगदान पुर्‍याएको बैंकको दाबी छ।

आवेदनका लागि:

रुचि भएका व्यक्तिले नबिल बैंकको आधिकारिक वेबसाइट वा नबिल एसएसईका सोशल मिडिया प्लेटफर्महरू मार्फत आवेदन दिन सक्नेछन्।

वा यो लिंकमा क्लिक गरेर पनि आवेदन दिन सकिनेछ । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.