काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.८९ डलर अर्थात ३५ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार ५३ डलरका कारोबार भईरहेको छ । चीन–अमेरिकाबीच देखिएको व्यापारिक तनाव र विश्व राजनीतिक र आर्थिक अनिश्चितताका कारण सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।
यस्तै अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर कटौती गर्नसक्ने सम्भावना र विश्वभरका केन्द्रीय बैंकहरुले खरिद बढाए बढाएसँगै समेत सुनको मूल्य बढिरहेको छ ।
अघिल्लो कारोबारको क्रममा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस ४ हजार ५९ डलरसम्म पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य १.३७ डलरले बढ्दै प्रतिऔंस ५१ डलरमा कारोबार भईरहेको छ ।