काठमाण्डौ। समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । आज मर्जको सूचना निकालेको यो संस्था ग्रामिण विकास लघुवित्त वित्तिय संस्थासँग मर्जमा गएको छ । मर्जमा जानका लागि दुवैलाई राष्ट्र बैंकले स्वीकृती दिईसकेको छ ।
खेलाडीले उचालेका कारण कम्पनीको सेयरमूल्य गत कार्तिक महिनामा प्रतिकित्ता ४ हजार १०१ रुपैयाँसम्म पुगेको थियो । आज २ हजार ५२१ रुपैयाँमा खुलेको यो कम्पनीको सेयर १० प्रतिशत अर्थात २५७ रुपैयाँ प्रतिकित्ताको दरले घटेर २ हजार ३१५ रुपैयाँमा सीमित बनेको छ ।
यो समाचार तयार पार्दासम्म कम्पनीमा कुनै पनि लगानीकर्ता सेयर खरिद गर्न तयार रहेका छैनन् । यो सँगै मर्जमा गएको अर्को कम्पनी ग्रामीण विकास लघुवित्तको सेयर भने ६१ रुपैयाँले बढेर कारोबार भएको छ । तर समाज लघुवित्तको सेयरमूल्य भने एक वर्षको अवधिमा आधा भन्दा बढीले घटेको छ ।
यसबाट प्रष्ट हुन्छ की खेलाडीले उचालेका कम्पनी कसरी सर्वसाधारण फस्ने गर्छन भनेर । प्रायः खेलाडीले लो क्याप भएका कम्पनी ग्रुप कारोबार गरेर उच्च मूल्यमा पुर्याएका हुन्छन् । जहाँ सर्वसाधारण लगानीकर्ताले थप मूल्य बढ्ने आसामा सेयर खरिद गरेका हुन्छन् ।