काठमाण्डौ । नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जेनजी र माओवादी मिलेर एक हुनुपर्ने बताएका छन् ।
प्रचण्डाले आज महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी र माओवादी मिलेर चुनाव लडुनु पर्ने बताएका हुन् । उनले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने समेत बताए ।
‘अब अन्य कसैले जेनजीका माग पुरा गर्दैनन्, त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीका विरुद्ध छ, त्यो पूर्ण समानुपातिक निर्वाचन प्रणाली विरुद्ध छ र त्यो समावेशी लोकतन्त्रको विरुद्ध छ त्यसैले उनीहरुले जेनजी भावनालाई सम्बोधन गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले जेनजी युवाहरुले आफ्नो मित्र को हो ? आफ्नो बैरी दुश्मन को हो ? चिन्न सक्नुपर्छ ।’