बुधबार, असार १०,२०८३ 04:54:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:54:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमकले भित्र्याए रु.१२.६५ अर्ब प्रिमियम, अधिकांशको व्यवसाय बढ्यो

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमकले भित्र्याए रु.१२.६५ अर्ब प्रिमियम, अधिकांशको व्यवसाय बढ्यो

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामै साढे १२ अर्ब प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले १२ अर्ब ६५ करापेड ६४ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका हुन् ।  

यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ११.१४ प्रतिशत बढी हो । गत आवको तीन महिनामा निर्जीवन बीमकहरुले ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म आइपुग्दा दुई कम्पनीको मात्रै व्यवसाय घटेको छ भने बाँकी सबैले उल्लेख्य बढाएका छन् ।  

पहिलो त्रैमाससम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, शिखरले १ अर्ब ३८ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब २२ करोड, हिमालयन एभरेष्टले १ अर्ब १९ करोड, एनएलजीले १ अर्ब २ करोड, आइजीआई प्रुडेन्सियलले ९९ करोड ६ लाख, नेकोले ९२ करोड ८३ लाख, युनाइटेड अजोडले ८८ करोड २९ लाख, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख, सानिमा जिआइसीले ६८ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको सोही अवधिसम्मको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी व्यवसाय बढाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले ३६.३५ प्रतिशतले व्यवसाय बढाएको छ । साथै राष्ट्रिय बीमा कम्पनी र दि ओरियन्टल इन्स्योरेन्सको भने घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.