काठमाण्डौ । नेपाल राष्ट्र बैंकको बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेल बैंकको प्रवक्ता नियुक्त भएका छन् । कात्तिक १९ गतेदेखि लागू हुने गरी उनी बैंकको प्रवक्ता तोकिएका हुन् ।
विसं २०५९ सालमा बैंक सेवामा प्रवेश गर्नुभएका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । हाल उहाँ मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।

