काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
संस्थाले गत आवका लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।
संस्थाले मंसिर १२ गते बुटवलमा रहेको वेष्टर्न एशियन होटलमा बिहान साढे ९ बजेदेखि १२ औं साधारण सभा डाकेको छ । उक्त सभाबाट अनुमोदन भएपश्चात संस्थाका सेयरधनीहरुलाई उक्त लाभांश वितरण गरिनेछ ।

