बुधबार, असार १०,२०८३ 04:54:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:54:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ।

 सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरुमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो।

सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए।  

New Office
CG Motors
Garima Development Bank

साथै,नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए।दुवै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका थिए ।

 नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका थिए।  

साथै सानिमा रिलायन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण रहेको बताएका थिए । उनले भने, ‘यो पेशा सेवा गर्ने पेशा हो — सुखदुखमा  साथ दिने पेशा हो, त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.