काठमाण्डौ । पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्ने उद्योगहरुको संख्या वृद्धि भईरहेको छ । यसै क्रममा थप दुईवटा उद्योगले बक्यौताअन्तर्गतको पहिलो किस्ता बुझाएका छन् ।
घोराही सिमेन्ट र कसमस सिमेन्टले विद्युत प्राधिकरणलाई पहिलो किस्ता बुझाएका हुन् । जसअन्तर्गत घोराही सिमेन्टले १ करोड ८१ लाख ६१ हजार र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ बुझाएका छन् ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत घोराही सिमेन्टले ५० करोड ८५ लाख र कसमस सिमेन्टले ९ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
हालसम्म १७ वटा उद्योगले पहिलो किस्ताको रकम बुझाएका छन् । किस्ता बुझाउने उद्योगमा प्राधिकरणले विद्युत आपूर्ति पुनः सुचारु गर्दै आईरहेको छ ।

