बिहीबार, बैशाख ३१,२०८३ 08:44:13
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:44:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीको रूपमा सम्मानित

Laxmi Sunrise Bank Limited
आइएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीको रूपमा सम्मानित
Shivam Cement

काठमाण्डौ । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाण्डौमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे।

Bizshala
New Office
CG Motors

सम्मान ग्रहणपछि प्रमुख कार्यकारी अधिकारी पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए ।  

साथै, विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे । कर दिवस समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

Garima Development Bank
Shivam Cement
IME remit

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाह लाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिरहेको छ । यसअघि पनि पटकपटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आइएमई सम्मानित हुँदै आएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.