काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ८० अर्ब २२ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अर्थ मन्त्रालयका अनुसार देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान, व्यावसायिक घरानाहरुमा आन्दोलनका क्रममा भएको उक्त रकमबराबरको क्षति भएको हो ।
सरकारले भने १ खर्ब रुपैयाँसम्मको भौतिक क्षति भएको हुनसक्ने अनुमान गरेको थियो । तर सरकारी आँकडाभन्दा २० अर्ब रुपैयाँ कमको भौतिक क्षति भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले जनाएको छ । समितिले तयार पारेको मंगलबार प्रारम्भिक प्रतिवेदनबारे मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको थियो ।
सबैभन्दा बढी क्षति निजी क्षेत्रको भएको जनाइएको छ । कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको भएको छ ।
यस्तै २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरुको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको भएको जनाइएको छ । क्षतिको विवरण आउनेक्रम जारी रहेकाले यो रकम केही बढ्न सक्ने सम्भावना समेत रहेको जनाइएको छ ।

