काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको ३२० औं बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको छ । बैठकले यही मंसिर २६ गते बुटवलमा रहेको होटल सेफ्रन सिकेमा अपरान्ह साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवका लागि प्रस्तावित ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा गत आवको सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

