काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९३ हजार ८९४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
बैंकले यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
लगानीकर्ताले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

