काठमाण्डौ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुको सेयरपूँजी घटाइने भएको छ । बैंकमा सेयर स्वामित्व भएका २५ जना संस्थापक सेयरधनी र १० जना साधारण सेयरधनीको सेयरपूँजी घटाइने भएको हो ।
नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ८६ ङ को उपदफा(१)को खण्ड(च)तथा खण्ड(ज) र दफा ८६ ज बमोजिम घटाई १ प्रतिशत कायम गरिने राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समितिले जनाएको छ ।
जसअनुसार २५ जना संस्थापक सेयरधनीहरुको हालको कित्ता संख्या २१ लाख ३६ हजार ६०.८४ कित्ताबाट घटि जम्मा २१ हजार ३६०.६१ कित्ता कायम हुनेछ ।
यस्तै १० जना साधारण सेयरधनीको कुल सेयर संख्या १२ हजार ६८४.९८ बाट घटेर १२६.८५ कित्ता कायम हुनेछ ।
नेपाल राष्ट्र बैंकको २०८१ पुस १० गतेको निर्णयानुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी बैंकको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियmुक्त व्यवस्थापन समूहबबाट भईरहेको छ । उक्त क्रममा सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा बैंकको चुक्तापूँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको तथा केही सेयरधनीहरुबाट चुक्ता हुनुपर्ने सेयरपूँजी बापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको हुँदा बैंकको पुनर्संरचना गर्ने क्रममा सम्बन्धित सेयरधनीहरुको सेयरपूँजी घटाउने निर्णय भएको व्यवस्थापन समूहले जनाएको छ ।

