शुक्रबार, मंसिर १२,२०८२ 08:36:21
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 08:36:21
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न सिटिजन्स बैंकको साधारण सभा आज आयोजना हुँदै

Hyundai Nepal
लाभांश पारित गर्न सिटिजन्स बैंकको साधारण सभा आज आयोजना हुँदै
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज आया्ेजना हुँदैछ । उक्त सभा आज काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै, बैंकको अधिकृत,चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमाम संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८१ साउन १ गतेदेखि २०८२ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

सभामा संस्थापक समूह ‘क’ बाट १ जना र सर्वसाधारण समूह‘ख’बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.