बुधबार, असार १०,२०८३ 03:15:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:15:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा अभिकर्ताको लाइसेन्स नवीकरणसम्बन्धी निर्देशन जारी, कुन अवस्थामा हुन सक्छ स्वतः खारेज ?

Laxmi Sunrise Bank Limited
बीमा अभिकर्ताको लाइसेन्स नवीकरणसम्बन्धी निर्देशन जारी, कुन अवस्थामा हुन सक्छ स्वतः खारेज ?

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्ने सम्बन्धमा नयाँ निर्देशिका जारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई पत्रमार्फत निर्देशन जारी गर्दै अभिकर्ताको लाइसेन्स नवीकरण गर्दा विभिन्न कागजातसँगै प्रक्रियाहरु पुरा गर्नुपर्ने जनाएको छ ।

प्राधिकरणको निर्देशनअनुसार बीमा अभिकर्ताहरुले लाइसेन्स नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम ९१० को खण्ड ९ख० बमोजिम एक वटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्नेछ ।

New Office
CG Motors
Garima Development Bank

साथै बीमकहरुले आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण केवाइसी स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ ।

यासँगै अभिकर्ताको लाइसेन्स नवीकरणको लागि नवीकरण दस्तुर एक हजार रुपैयाँ तथा नियमन दस्तुर ५ सय रुपैयाँ गरी कुल १५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

साथै बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको तीन महिनाभित्र अनुसूची ७ बमोजिम विलम्ब शुल्क एक हजार रुपैयाँ मात्र भुक्तानी गरी निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, बीमा ऐन, २०७९ को दफा ९५ बमोमिज लाइसेन्सको म्याद सकिएको अवधिदेखि तीन महिनाभित्र अभिकर्ताले कुनै पनि निवेदन पेश नगरेको खण्डमा लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.