काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न आजका लागि बैठक डाकिएको हो ।
शुक्रबार दिउँसो ४ बजे बस्न लागेको बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहनेछ । बैठक राजनीतिक पार्टीहरुले मुख्य चासोको साथमा राख्दै आएको निर्वाचनको सुरक्षाको विषयमा केन्द्रीत हुने जनाइएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन् ।

