मंगलवार, असार ९,२०८३ 11:36:33
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:36:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

Laxmi Sunrise Bank Limited
पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाण्डौ । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एक समारोहबीच सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच धुम्बाराही, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट संचालक दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

New Office
CG Motors
Garima Development Bank

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ । कम्पनीको लगानी रहेको  खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.