बुधबार, असार १०,२०८३ 01:36:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:36:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पुस २९ गते आयोजना हुने एजीएमबाट शिखर इन्स्योरेन्सको लाभांश पारित हुने, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
पुस २९ गते आयोजना हुने एजीएमबाट शिखर इन्स्योरेन्सको लाभांश पारित हुने, बुक क्लोज कहिले ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा आगामी पुस २९ गते आयोजना गर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।

सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, कम्पनीको चुक्तापूँजीको सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे संसोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सो लाई पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यसैगरी सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि साधारण सभा नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.