बुधबार, असार १०,२०८३ 01:38:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:38:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१९.४८ अर्ब प्रिमियम, बीमाको माग बढ्दा व्यवसायमा टेवा

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१९.४८ अर्ब प्रिमियम, बीमाको माग बढ्दा व्यवसायमा टेवा

काठमाण्डौ । जेनजी आन्दोलनका कारण प्रभावित बनेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले चालु् आवको ५ महिनासम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

निर्जीवन बीमकहरुले उठाएको यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.४६ प्रतिशत बढी हो । गत आवको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम उठाएका थिए ।

जेनजी आन्दोलनले गर्दा निर्जीवन बीमा कम्पनीहरुमा अबौैं रकमको बीमा दाबी पर्दा बीमकहरुको नाफामा ठूलो प्रभाव परेको थियो । जेनजी आन्दोलनसँगै बाढी पहिरोले धनसम्पत्तिमा क्षति पुग्दा निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो दाबी भुक्तानी गर्नुपर्ने दायित्वले नाफा प्रभावित बनेको छ ।

New Office
CG Motors
Garima Development Bank

तर यस्ता प्राकृतिक घटना र हुलदंगाबाट प्रभाव सर्वसाधारणको धनसम्पत्तिमा ठूलो क्षति पुग्ने भएकाले बीमा प्रतिको चेतना र माग बढ्न थालेको छ । सवारी, सम्पत्ति, कृषि जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले जोखिम भएपछि होइन, जोखिम अघि नै सुरक्षा भन्ने सोच जनमानसमा फैलिन थालेको छ । जसकारण अहिले निर्जीवन बीमा कम्पनीहरुको बीमालेख बिक्रीमा वृद्धिदर देखिन थालेको छ ।

सो अवधिसमम सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स बाहेक सबैको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढेको छ ।

सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ प्रिमियम भित्र्याइएको छ । जुन गत आवको तुलनामा ०.८८ प्रतिशत बढी हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा २३।४१ प्रतिशत बढी हो ।

यसका साथै हिमालयन एभरेष्टले २ अर्ब, सिद्धार्थ प्रिमियरले १ अर्ब ८६ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ६६ करोड, एनएलजीले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, युनाइटेड अजोडले १ अर्ब ३१ करोड, सानिमा जिआइसीले १ अर्ब २२ करोड, ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.