काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर नबिल बैंक, छिमेक लघुवित्त, मिथिला लघुवित्त, बुटवल पावर कम्पनी, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १५ र १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । बुटवल पावरले पुस १५ गते र बाँकी कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
पुस १५ गते गुरुङ समुदायले मनाउने तमु ल्होसारको सार्वजनिक बिदा परेकाले सेयरबजार बन्द रहनेछ ।
नबिल बैंक
बैंकले गत आवका लागि १२.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरणको प्रस्ताव गरेको छ ।
छिमेक लघुवित्त
संस्थाले गत आवका लागि १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५ लाभांश घोषणा गरेको छ ।
डिप्रोक्स लघुवित्त
संस्थाले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
बुटवल पावर कम्पनी
यो कम्पनीले पनि आव २०८१/८२ का लागि ६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
सपोर्ट लघुवित्त
संस्थाले गत आवका लागि ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
मिथिला लघुवित्त
संस्थाले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स
कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

