काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको भाउमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ६२ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ ७ हजार ९ सयले घटेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी आज १२० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७० रुपैयाँमा सीमित बनेको छ ।

