काठमाण्डौ । विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड HONOR ले नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै काठमाण्डौको सिटी सेन्टरको दोस्रो तल्लामा पहिलो विशेष HONOR अनुभव स्टोरको सफ्ट ओपनिङ सम्पन्न गरेको छ। उक्त शोरूमको सफ्ट ओपनिङ २०२५ डिसेम्बर २९ मा सम्पन्न भएको हो।
यो शोरूम उद्घाटन HONOR को नेपालमा बढस्दो उपस्थितिको महत्वपूर्ण उपलब्धि मानिएको छ। यस शोरूममार्फत ग्राहकहरूले HONOR का नवीनतम स्मार्टफोन, एक्सेसरिज तथा स्मार्ट डिभाइसहरू प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्। आधुनिक र इन्टरएक्टिभ डिजाइनमा तयार गरिएको यस शोरूमले ग्राहकलाई उत्पादनका प्रमुख विशेषताबारे बुझ्न र तालिमप्राप्त कर्मचारीबाट व्यक्तिगत परामर्श प्राप्त गर्न सहयोग पुर्याउनेछ।
सफ्ट ओपनिङ कार्यक्रममा HONOR नेपालका टिम सदस्यहरू, व्यावसायिक साझेदारहरू तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
HONOR नेपाल टिमले सिटी सेन्टरमा समर्पित ब्रान्ड शोरूम ल्याउन पाउँदा उत्साहित भएको बताउँदै, यो शोरूम प्रिमियम तर सहज रूपमा उपलब्ध स्मार्ट डिभाइस खोज्ने प्रविधि पारखीहरूका लागि प्रमुख केन्द्र बन्ने विश्वास व्यक्त गरेको छ। साथै, यस अनुभव केन्द्रले नवप्रवर्तन, गुणस्तर र भरपर्दो आफ्टर-सेल्स सेवाप्रति HONOR को प्रतिबद्धता झल्काउने जनाएको छ।

