Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कियाले फिर्ता मगायो ४ लाख युनिट बढी टेलुराइड एसयुभी, यस्तो छ कारण

Global IME Bank Limited
कियाले फिर्ता मगायो ४ लाख युनिट बढी टेलुराइड एसयुभी, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले अमेरिकी बजारबाट ४ लाख युनिट बढी कार फिर्ता मगाएको छ । कारमो प्राविधिक सम्स्या रहेको भन्दै कम्पनीले टेलुराइड एसयुभीको ४ लाख २७ हजार ४०७ युनिट कार बजारबाट फिर्ता मगाएको हो ।  

कम्पनीले फिर्ता मगाउने निर्णय गरेको यो टेलुराइड एसयुभी सन् २०१९ मा लञ्च भएको कार हो । यो कारले अमेरिकामा राम्रो बजार लिएको थियो । कारको फराकिलो स्पेसका कारण यो कार अमेरिकीको रोजाइमा परेको थियो । टेलुराइडको माग यति धेरै छ कि कियाले माग बमोजिम उत्पादन नै गर्न सकिरहेको छैन ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रशनका अनुसार कारको मुख्य स्टिेरिङ ह्विल राम्रोसँग जडान नभएको पाइएपछि कारलाई फिर्ता मगाउने निर्णय गरिएको हो । यो कमजोरीका कारण पार्क भएका बेला पार्किङ ब्रेक नलागएका बेला कारमा हलचाल  हुनसक्ने सेफ्टी एडमिनिस्ट्रशनले जनाएको छ । यो समस्याबाट प्रभावित कारले बेग्लै अस्वभाविक आवाज निकाल्ने जनाइएको छ ।  

बजारबाट फिर्ता मगाइएको सबै टेलुराइड कार किया डिलरमा ल्याउनुपर्ने र त्यहाँ कारमा विद्युतीय पार्किङ ब्रेक जडान गरिनेछ उल्लेख गरिएको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.