मंगलवार, असार ९,२०८३ 11:36:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:36:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयु इन्टरटेनमेन्टले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
आयु इन्टरटेनमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

कम्पनी प्रालिबाट लिमिटेडमा रुपान्तरण भएपश्चात पहिलो वार्षिक साधारण सभा डाकिएको हो ।

पुस २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १३ गते काठमाण्डौको पिंगलास्थानमा रहेको होटल बद्रिनाथमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.