काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ३ हजार १ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ भने ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

